Logo

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन (फोटोफिचर)



काठमाडौं, ४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् । दशरथ रंगशालामा उक्त प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाटै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

गाउँ–गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने राष्ट्रपति पौडेलको भनाई थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्