Logo

ह्याम्स अस्पतालद्वारा ‘स्वास्थ्य सबैको सरोकार’ नामक संवाद तथा छलफल कार्यक्रम



काठमाडौं, वैशाख ५ । ह्याम्स अस्पतालले नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य सबैको सरोकार भन्ने नारासहित संवाद तथा छलफल कार्यक्रम आयोजना गरेको छ। अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा भएका विभिन्न किसिमका समस्या तथा चुनौतीहरुका बारेमा “स्वास्थ्य सबैको सरोकार” भन्ने नारा सहित चैत्र ३० गते संवाद तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।

अस्पतालका अध्यक्ष रामशरण भण्डारीका अनुसार उक्त कार्यक्रममा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न समस्याको बारेमा समाधानका लागि निष्कर्ष सहित सुझाव निकाल्ने उद्देश्यले सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा सांसदहरु बृहत छलफल गरिएको छ ।

कार्यक्रमको पहिलो सत्रमा ‘भेप ई–सिगरेटः बढ्दो गंभीर स्वास्थ्य चुनौती’ विषय प्यानल संवादमा प्रतिनिधि सभाका सांसदहरु, त्यसैगरी दोस्रो सत्रमा ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु’ विषय र तेस्रो सत्रमा पहिलो र दोस्रो सत्रको सारांश र स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको मन्तव्य राखेका छन् ।

कार्यक्रमको पहिलो सत्रमा “भेप र ई–सिगरेटः बढ्दो गंभीर स्वास्थ्य चुनौती” विषयमा डा. राजु पंगेनी र डा. रक्षा पाण्डेले प्रस्तुति दिएका थिए । उक्त प्रस्तुतिमा “भेप र ई–सिगरेट को प्रयोगले गर्दा स्वास्थ्यमा पर्ने समस्याहरू, संसारभरि महामारीको रुपमा बढ्दो प्रयोग, युवा युवतीहरुमा बढ्दो लोकप्रियता, झुक्याउने तथा लोभ्याउने बिज्ञापन, प्रतिबन्ध र नियम र मेडिकल प्रेस्कृप्सन तथा दीर्घकालीन असरका बारेमा चर्चा गरिएको छ।

कार्यक्रमको पहिलो सत्रको प्यानल संवादमा भेप र ई–सिगरेट को बढ्दो गंभीर स्वास्थ्य चुनौतीहरूलाई मध्य नजर गर्दै सुर्तीजन्य पदार्थ तथा ई सिगरेटको कर बढाउनु पर्ने, ई सिगरेटलाई एन्टि स्मोकिङ ल मा राख्नु पर्ने, विज्ञापन निषेध गर्नु पर्ने, जनचेतना मुलक कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने तथा सार्वजनिक स्थलमा यसको प्रयोग बन्द गर्नु पर्छ भन्ने विषयमा धारणाहरु ब्यक्त गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु विषयमा प्रा. डा. भगवान कोइरालाले देशमा जनशक्ति उत्पादन कसरी बढाउन सकिन्छ तथा जनशक्ति पलायन कसरी रोक्न सकिन्छ भन्ने उदेश्यका साथ प्रस्तुति दिएका छन् ।

दोस्रो सत्रको प्यानल संवादमा विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार प्रति १००० जनसंख्यामा १ चिकित्सक हुनु पर्ने, दक्ष चिकित्सक तथा अन्य स्वास्थ्य जनशक्ति विदेश जाने क्रम बढेको, अहिलेको जनसंख्यालाई राम्रो स्वास्थ्य सेवा प्रवाह गर्न कति संख्यामा र कुन कुन विषयका विज्ञ चिकित्सकहरु कति चाहिन्छन् भनेर अध्ययन नै नभएको, पढाईपछि काम गर्ने अवसर नै नपाउने पाए पनि निकै कम तलवमा कामगर्नु पर्ने वाध्यता तथा जीउधनको सुरक्षा (अस्पतालमा चिकित्सक माथि हुने कुटपिट) को डरले चिकित्सकको मनोवल गिरेको छ भन्ने विषयमा चर्चा गरे । साथै दरवन्दी, सेवा सुविधाहरू बढाउनु पर्ने, सुरक्षाः सामाजिक तथा ब्यक्तिगत, करको दायरा तथा रिर्जव ब्रेन ड्रेनको वातावरण बनाउनु पर्ने सुझावहरु दिए ।

यस कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री उपेन्द्र यादवले उक्त विषयहरुमा धारणा राख्दै कार्यक्रमको समापन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्