Logo

लागूऔषध मुद्दामा फरार एन्फा उपाध्यक्ष लामा पक्राउ



काठमाडौं, ५ वैशाख । लागूऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। उनलाई पाटन उच्च अदालतले लागूऔषध मुद्दामा पाँच वर्षको कैद सजाय तोकेको थियो ।

२०६४ साल जेठमै लामालाई उच्च अदालतले (तत्कालीन पुनरावेदन अदालत) पाटनले पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको भएपनि उनी फरार सूचीमा थिए ।

अदालतको फैसला अवमूल्यान गरी कैद भुक्तानी नगरेर शक्ति केन्द्रको आडमा सार्वजनिक पद धारण गरेका लामा अन्ततः पक्राउ परेका छन् ।



प्रतिक्रिया दिनुहोस्