Logo

गृहमन्त्री लामिछानेलाई राजीनामा दिन सिके राउतको सुझाव (भिडिओसहित)



काठमाडौं, ५ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । सहकारी ठगी प्रकरणमा नाम मुछिएकोले नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो हुने आफ्नो सुझाव रहेको राउतको भनाई छ ।

यद्धपी उनले नैतिकता भन्ने कुरा प्रश्न उठेको व्यक्तिले बोध गर्ने कुरा भएकोले यसमा आफ्नो दबाब नरहने पनि स्पष्ट पारे । हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘म कसैलाई राजीनामा दिन दबाब त दिन सक्दिनँ । दिए राम्रो हुन्थ्यो कि भन्ने मेरो भनाई हो ।’ उनले आफू अहिले रवि लामिछानेको ठाउँमा गृहमन्त्री भएको भए र यतिका प्रश्न उठेको भए राजीनामा दिने थिएँ भनेर पनि प्रष्ट पारे । उनले थपे,‘म भएको भए त राजीनामा दिन्थें ।’



प्रतिक्रिया दिनुहोस्