Logo

चीनको बिआरआई नेपालले ऋणको रुपमा लिनु घातक छ : सिके राउत (भिडिओसहित)



काठमाडौं, ५ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपाल र भारतबीचको सम्बन्धको विषयमा नेपालमा अहिले धेरै फोकस नभएको टिप्पणी गरे । राउतले अहिले नेपालमा पछिल्लो समय बनेको एमाले–माओवादीसहितको नयाँ गठबन्धन बन्नुको कारण बिआरआई थियो भनेर आफूले केही पहिलेपनि संकेत गरेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘बिआरआईको सवालमा जहासम्म मुख्य विवादको कुरा छ, ऋणको रुपमा लिने कि अनुदानको रुपमा लिने भन्ने विवाद थियो । बिआरआई ऋणको रुपमा लिनु देशको लागि घातक छ । हामी त्यो लोनको ट्रयापमा फस्न चाहँदैनौं । हामी अहिले नै लोनको ट्रयापमा झण्डै झण्डै फसिसकेका छौं । लुम्बिनी विमानस्थल हेर्नुहोस, पोखरा विमानस्थल हेर्नुहोस । भर्खरैमात्र हाम्रो ६÷७ महिनमा २ देखि ३ खर्ब ऋण थपिएको छ । हामी त त्यो लोन तिर्नै नसक्ने अवस्थामा पुगिसकेका छौं ।’

उनले आफूहरु अहिलेको गठबन्धन भत्काउने खेलमा नलागेको स्पष्ट पारेका छन् । बरु, आफूले कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन सुझाव दिएको उनको भनाई छ । उनले आफूहरु प्रतिपक्षमा बस्न चाहेको सुनाए । उनले राजनीतिक स्थायित्व कायम राख्नको लागि कांग्रेस र एमाले मिलेर सरकार चलाए राम्रो हुने धारणा राखे । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot