Logo

गृहमन्त्री रवि लामिछानेले राजीनामा दिँदा राम्रो हुन्छ : नारायण खड्का (भिडिओसहित)



काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेता खड्काले वर्तमान गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा समाचार आइरहेको उल्लेख गदैृ प्रहरीले लामिछानेको बारेमा छानबिन गर्न नसकेको टिप्पणी गरे । उनले रवि लामिछाने संदिग्ध चरित्रको व्यक्ति भएको पनि आरोप लगाए ।

उनले भने,‘अहिले फुत्फुति च्याउ उम्रिएझैं पार्टीहरु उम्रिरहेका छन् । यो हाम्रो आफ्नो कमजोरी हो । लामिछाने टाइपका व्यक्तिहरु र पार्टीहरुको सिर्जना भनेको त्यो हाम्रो आफ्नै कमजोरी हो । १५÷२० वर्षमै संघीय गणतन्त्र जुन हामीले भन्यौं, त्यसकै असफलतास्वरुप यस्ताखालका पार्टी र व्यक्ति आए । जसको बारेमा कहिले नागरिकताको, कहिले राहदानीको बारेमा कहिले के बारेमा लगायतका कुराहरु आईरहेका छन् भन्दाखेरि ।’ उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिँदा उनको लागि राम्रो हुने सुझाव दिए ।

उनले अहिलेको एमाले–माओवादी केन्द्रसहितको नयाँ गठबन्धनलाई कृत्रिम गठबन्धनको संज्ञा दिएका छन् । उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले ३२ सिट बोकेर लहडमा एमाले र कांग्रेसबीच खेलेर सत्ता चलाएको पनि टिप्पणी गरे । आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्ड व्यक्तिगत रुपमा हेलिकप्टर घुमिरहेपनि जनतामा भने चरम निराशा रहेको बताए ।

उनले भने,‘मैले पटक पटक भनेको छु, अहिले जनतामा विद्रोहको भाव जागृत भैसकेको छ । प्रचण्डजीलाई अब रमाईलो होला, उहाँले आफ्नो परिवारपनि सबैजनालाई सेटल गरिसक्नुभयो। उहाँलाई त अब रमाईलो नै होला । तर, डेलिभरको सवालमा उहाँले भनेजस्तो सुशासन त्यो केही पनि भएको छैन् । यो अस्थिरताले थप समस्या खडा गरेको छ ।’ उनले अहिलेको एमाले–माओवादी केन्द्रको गठबन्धन कृत्रिम भएकोले आँफै भत्किने दाबी गरे । वर्तमान गठबन्धन भत्काउनको लागि नेपाली कांग्रेसले केही गर्नुनपर्ने बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको दोहोरो चरित्र देखिएको आरोप लगाए । मुलुकको नेतृत्व गरिसकेको व्यक्ति भएकाले ओलीले कृत्रिम र नक्कली कुरा गर्नु शोभनीय नहुने खड्काको भनाई छ । ओलीले आफ्नो कमजोरी ढाक्नको लागि कहिले विदेशी र कहिले कांग्रेसलाई दोष दिने गरेको उनको आरोप छ ।

नेता खड्काले प्रधानमन्त्री प्रचण्डलाई क्यान्टोनमेन्टको घोटालाा काण्डको फाईल खोलेर देखाउन चूनौति दिए । उनले भने,‘०४६ सालपछिको भ्रष्टाचारको फाईल खोल्ने कुरा गर्नुभएछ, यो त गज्जब हुन्थ्यो । पहिला उहाँबाटै सुरु गर्ने, क्यान्टोनमेन्टको कुरा आईरहेका छन् । उहाँका आफ्नै मन्त्रीका अहिले कुरा आइराखेका छन् । पहिला आफूबाट सुरु गरेपछि पो उदाहरण बन्छ । तथाकथित जनयुद्ध गर्दा काटमार गर्दा आफ्नो स्थिति के थियो, अहिले के छ ? कुन सुखसयलमा उहाँ अहिले बस्नुभएको छ ? कुन लक्जरियस लाईफ बिताइराख्नुभएको छ । त्यो कहाँबाट आयो ? लडाईं र काटमार हुँदा जनता र बैंकबाट लुटेको पैसाको हिसाबकिताब देखाउनुपर्यो । पहिलो त्यति गरेपछि जनताले उहाँलाई हाईहाई गर्छन् ।’ file photo



प्रतिक्रिया दिनुहोस्