Logo

सर्यो एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन



काठमाडौ, ५ वैशाख । नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशन सरेको छ । यसअघि आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको थियो । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आन्तरिक तयारी नपुगेकाले महाधिवेशन सारिएको बताए ।

एकीकृत समाजवादीको महाधिवेशन निर्धारित मितिबाट सारेर आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको उपमहासचिव खतिवडाले बताए । उनले भने, ‘१०औं राष्ट्रिय महाधिवेशनलाई केही दिन पछाडि सारेका छौ । असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्ने गरी निर्णय भएको छ ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्