Logo

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नेविसंघले जलायो पुत्ला, छोटे माओवादी र सहकारी ठगको संज्ञा (फोटोफिचर)



काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरुले आज (बुधबार) साँझ आर आर क्याम्पसअगाडि गृहमन्त्री लामिछानेको पुत्ला दहन गरेका हुन् ।

उनीहरुले प्रदर्शन गरेको प्लेकार्डमा सहकारी ठग र छोटे माओवादीको संज्ञा दिईएको थियो । कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग्ने रणनीति बनाएको बेलामा नेविसंघ सडकमा उत्रिएको हो । कांग्रेसले सदनमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्