Logo

एसीसी प्रिमियर कप क्रिकेट : सेमिफाइनलमा यूएईसँग भिड्दै नेपाल



काठमाडौं, वैशाख ६ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले भोली शुक्रबार यूएईसँग खेल्ने भएको छ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्ने भएका हुन् ।

यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । नेपाल र यूएईबीचको पहिलो सेमिफाइनल भोलि बिहान पौने १२ बजे र ओमान र हङकङबीचको खेल भोलि दिउँसो सवा ४ बजे हुनेछ ।

विजेता टोली फाइनलमा पुग्नेछन् । तेस्रो स्थानको खेल पर्सि शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot