Logo

लुम्बिनीमा सरकार विस्तार: थपिएका ६ मन्त्रीले आजै शपथ खाने



काठमाडौं,६ वैशाख । लुम्बिनी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले ६ जना मन्त्री नियुक्त गरेका छन् । महराले नेकपा एमालेका ४सहित नागरिक उन्मुक्ति पार्टीका एक र स्वतन्त्र सांसद एक जनालाई मन्त्री नियुक्त गरेका छन् ।

मन्त्री नियुक्त हुनेहरुमा एमालेबाट गुल्मीका दिनेश पन्थी, कपिलबस्तुका अर्जुन कुमार केसी, रुपन्देहीका भुमिश्वर ढकाल, र बाँकेका रत्नबहादुर खत्री तथा स्वतन्त्र सांसद खड्ग बस्नेत, र नाउपाका धर्मबहादुर चौधरी मन्त्री नियुक्त भएका हुन् ।

उनीहरुले विना विभागीय मन्त्रीका रूपमा शपथ लिने भएका छन् । उनीहरूको बिहीबार साँझ ५ बजे शपथको तयारी भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

सहमति अनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय भागबन्डामा परेको छ । विस्तारित मन्त्रिमण्डलमा एमालेका चेत नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्