Logo

छुटे एन्फा उपाध्यक्ष लामा



६ वैशाख, काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार पक्राउ गरेको थियो।

लामालाई ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।

लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए  पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा छुटेका हुन् ।



प्रतिक्रिया दिनुहोस्