Logo

इलामबाट फर्किएका ओली बालकोट नगई सिंहदरबारतिर, प्रचण्डसँग भेटवार्ता



काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । इलामबाट आज फर्किएका ओली एयरपोर्टबाट सिधै सिंहदरबार आएका थिए ।

ओली–प्रचण्डबीच पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । भेटवार्ताका क्रममा सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिको क्रममा भएको लफडाबारे पनि छलफल भएको थियो ।

त्यसैगरी, सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका बारेमा पनि ओली–प्रचण्डबीच भेटवार्ताका क्रममा छलफल भएको बताइएको छ । File Photo/RN

.



प्रतिक्रिया दिनुहोस्

Screenshot