Logo

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता, गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाईयो



काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सो भेटवार्तामा रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाईएको छ ।

सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा जारी भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भैरहेको जनाईएको छ । ओली इलामबाट काठमाडौं फर्किएलगत्तै सिंहदरबार पुगेका थिए ।

कांग्रेसले माधव नेपालको साथ लिएर वैकल्पिक गठबन्धन बनाउनेगरि मुभ गरेपछि ओलीले प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । पछिल्लो समय गृहमन्त्री लामिछाने सहकारी ठगी काण्डमा मुछिएपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ । दाहाल र ओलीबीचको भेटवार्तामा गृहमन्त्री लामिछानेको विषयमा पनि कुराकानी भएको बुझिएको छ। file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot