Logo

प्रधानमन्त्री दाहाल, ओली र गृहमन्त्री लामिछानेबीच के छलफल भयो ? (भिडिओसहित)



काठमाडौं, ६ बैशाख । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको छलफलको विषय सामान्य रहेको बताएका छन् । उनले ओलीको प्रधानमन्त्री दाहालसँगको छलफलमा आफूपनि मिसिएको र लगानी सम्मेलनलगायतका विषयमा छलफल भएको जानकारी दिए ।

उनले भने,‘शीर्ष नेताहरुबीच निरन्तर छलफल त भैरहन्छ । यो त निरन्तरताको प्रक्रिया हो । आज हामी एजेण्डाविशेष छलफलमा बसेका होईनौं । कसरी जाने र के गरि जाने ? जस्तो लगानी सम्मेलनको विषय छ, अन्य राजनीतिक विषय छन् । यिनको बारेमा समिक्षा त गर्नुपर्यो नि । हामी यहाँ बस्यौं । क्याविनेट थियो । पूर्व प्रधानमन्त्री ओलीजी आउनुभयो, सामान्य छलफल भयो ।’ Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot