Logo

भारतमा संघीय संसदको लागि आज मतदान, निर्वाचन सात चरणमा हुँदै



काठमाडौं, वैशाख ७ । छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन हुँदैछ । जनसंख्याका हिसाबमा विश्वकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भारतमा ५ सय ४५ मध्ये १ सय २ सिटकालागि निर्वाचन हुन लागेको हो ।

एक अर्ब ४० करोड जनसंख्या रहेको भारतमा यस पटकको निर्वाचनमा ९६ करोड ९० लाख मतदाता रहेका छन् । ती मध्ये एक करोड ८० लाख मतदाताले पहिलोपटक मतदान गर्दैछन् ।

यसैगरि ८२ लाख मतदाता ८५ बर्ष भन्दा बढी उमेर समुहका रहेका छन् । यी सबै मतदातालाइ आफ्नै घरबाट मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ । एक सय बर्ष उमेर काटेका मतदाताको संख्या २ लाख १८ हजार रहेको छ ।

सात चरणमा हुने निर्वाचन ६ हप्तासम्म सञ्चालन हुने छ । २ हजार ६ सय भन्दा बढी राजनीतिक दलहरु निर्वाचनमा सहभागी छन् । निर्वाचनको अन्तिम परिणाम जुन ४ तारिखमा घोषणा गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्