Logo

गाँजाको विषयमा क्लियर नभएको भन्दै रवि लामिछानेसँग निकोलस भुसालले पोखे गुनासो (भिडिओसहित)



काठमाडौं, ७ बैशाख । सामाजिक अभियन्ता डा. निकोलस भुसालले रास्वपाका सभापति रवि लामिछानेले गाँजाको विषयमा क्लियर्ली नभनेको भन्दै गुनासो पोखेका छन् । उनले भने,‘मलाई रविहरुसँग पनि के गुनासो छ भने, गाँजाको विषयमा क्लियर्ली भन्नुपर्दैन् ? देशलाई आज गाँजा आवश्यक होईन र ? विदेशी रक्सी ल्याएर खानुहुन्छ, लोकल रक्सी पोखिदिन लाज लाग्दैन् ? आजपनि त पुलिसले पोखिरहेको छ नि ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस, एमाले र माओवादीहरुले राम्रो काम गरिदिएको भए नयाँ दलहरु नेपालमा आउनुपर्ने थिएन भन्ने टिप्पणी गरे । उनले नेपाली कांग्रेसका युवा नेता गगन थापासँग पनि नयाँ सोच नभएको आरोप लगाए ।

उनले एमालेका युवा नेता महेश बस्नेतसँग त लुट्ने र चोर्नेमात्रै काम रहेको आरोप लगाए । उनले नेपाली कांग्रेसका सांसदसमेत रहेका अर्वपति विनोद चौधरीले पनि लुटेको र लुटेको पैसा कहाँ राखेको छ भन्ने कुरा आफूहरुलाई थाहा रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot