Logo

आनन्द साहको परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख सहयोग



गोदार (धनुषा), ७ वैशाख । प्यालेस्टिनी राजनीतिक तथा सैन्य समूह हमासको आक्रमणमा परी गत असोजमा ज्यान गुमाएका धनुषाका आनन्द साहको परिवारलाई मधेस प्रदेश सरकारले पाँच लाख सहयोग गरेको छ ।

प्रदेश सरकारबाट घोषणा भएअनुरुप मुख्यमन्त्री सरोजकुमार यादवले आज मृतक साहका बुवा सोमन साहलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा परी धनुषाको लक्ष्मीनियाँ–४ का आनन्द साहसहित अध्ययन भ्रमणमा रहेको १० जना विद्यार्थीको निधन भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्