Logo

दीपेश पुनलाई धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौं,७ वैशाख । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा पक्राउ परेका उनलाई ४ लाख धरौटीमा छाड्न आदेश भएको हो । दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पाशाङका छोरा तथा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका महासचिव हुन् । उनी सुन तस्करी प्रकरणमा समेत जोडिएका छन् ।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot