Logo

पशुपतिनाथ मन्दिरको हंस मण्डपमा २५ जोडीले गरे सामूहिक विवाह (फोटोफिचर)



काठमाडौं, ७ बैशाख । विश्व हिन्दू परिषद् नेपालको १२औं वार्षिकोत्सवको अवसरमा पशुपतिनाथ मन्दिरको हंस मण्डपमा सामूहिक विवाह सम्पन्न भएको छ ।

परिषद्ले जनाएअनुसार आजको उक्त समारोहमा २५ जोडीले सामूहिक विवाह गरेका हुन् । सो क्रममा परिषद्ले प्रमाणपत्रसमेत प्रदान गरेको थियो । उक्त विवाह समारोहमा अतिथिको रुपमा कलाकार धिरेन शाक्यपनि सहभागी थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot