Logo

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा, २४५४ जना सहभागी हुने



काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) को भोलिबाट सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा भएको छ । एमाले मुख्यालय च्यासलमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव शंकर पोखरेलले भोलिको बैठकको तयारी पूरा भएको जानकारी गराएका हुन् ।

बैठकमा २४५४ जना सहभागी हुने जनाईएको छ । ललितपुरको गोदावरीस्थित् सनराईज हलमा हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने जनाईएको छ ।

बैठकमा २०८१ साललाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रुपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना पनि प्रस्तुत हुने महासचिव पोखरेलले जानकारी दिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्