Logo

खड्का ल्याण्ड प्रा.ली.ले भन्यो : सांसद दीपक खड्कालाई जोडेर आएका समाचार मिथ्या हो, हाम्रो गम्भीर ध्यानाकार्ष भएको छ (विज्ञप्तीसहित)



काठमाडौं, ७ बैशाख । खड्का ल्याण्ड प्रा.ली. ले नेपाल स्काउट प्रा.ली. र खड्का ल्याण्ड प्रा.लीसँग कुनै प्रकारको सम्बन्ध नरहेका प्रतिनिधिसभा सदस्य तथा पूर्व राज्यमन्त्री दीपक खड्कालाई जोडेर समाचार आएकोलाई मिथ्या, अनर्गल तथा तथ्यहीन भन्दै उक्त विषयमा गम्भीर ध्यानाकार्षण भएको जनाएको छ।

नेपाल स्काउटको खातामा खड्का ल्याण्ड डेभलपेन्ट प्रा.ली. ले धरौटी बापत ब्याज नआउनेगरि र चलाउन नमिल्नेगरि ६२ लाख तेईस हजार ६ सय दश रुपैयाँ जम्मा गरेको पनि जनाएको छ । उक्त रकम हालसम्म पनि नेपाल स्काउटकै खात र प्रयोगमा रहेको खड्का ल्याण्ड प्रा.लीले जनाएको छ ।

खड्का ल्याण्ड प्रा.ली. ले पहिलो भवन सम्झौताअनुसार पनि अझै ३ वर्ष २ महिना बाँकी रहेको र दोस्रो भवन सम्झौतअनुसार अझै चार वर्ष बाँकी रहेको र तेस्रो (जग्गामात्र) सम्झौताअनुसार गत ०८० को मागसम्म रहेको जनाईएको छ । हालसम्म खड्का ल्याण्डले नेपाल स्काउटलाई करिब १४ करोड रुपैयाँ रकम भुक्तान गरेको पनि यस प्रा.ली.को दाबी छ । खड्का ल्याण्ड प्रा.ली.ले पछिल्लो घट्नाक्रमबारे प्रष्ट पार्नको लागि गरेको पत्रकार सम्मेलनमा विज्ञप्तीसमेत जारी गरेको छ ।

यस्तो छ विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्