Logo

मन्त्री चौधरीलाई कार्यकाल सफलताको शुभकामनासहित सांसद महतोको यस्तो सुझाव



काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) की प्रभावशाली नेतृ तथा सांसद जुलीकुमारी महतोले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई आफ्नो छोटो कार्यकालमा सुरु गरिएका जनमुखी कार्यक्रमलाई अघि बढाउन सुझाव दिएकी छिन् ।

मन्त्री चौधरीसँगको भेटवार्ताको क्रममा पूर्वमन्त्री महतोले यस्तो सुझाव दिएको महतोको सचिवालयले जनाएको छ । सो क्रममा सांसद महतोले मन्त्री चौधरीलाई देश र जनताको हित हुनेगरि जनमुखी काम गर्न भन्दै सफल कार्यकालको लागि शुभकामनासमेत दिएकी छिन् ।

यसअघि सांसद महतो ०७७ पुष १० गते सो मन्त्रालयमा मन्त्रीको जिम्मेवारीमा थिईन् । उनको कार्यकालमा राम्रो काम भएको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट समेत सार्वजनिक रुपमा प्रशंसा हुने गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot