Logo

आज कोशी, गण्डकी र कर्णालीमा चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडौं, वैशाख ९ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भु-भागको मौसम मुख्यतया सफा रहने छ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र कोशी प्रदेशको तराई भु-भागका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। मधेस र कोशी प्रदेशको तराई भु-भागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भु-भागका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस्