Logo

प्रचण्डलाई भौतिक रुपमै सिध्याउनको लागि हामीविरोधी शक्ति सक्रिय छन् : शाही (भिडिओसहित)



काठमाडौं, ८ बैशाख । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र बहादुर शाहीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई वैचारिक र राजनीतिक रुपमा मात्रै नभएर भौतिक रुपमा नै सिध्याउनको लागि आफूहरुविरोधी शक्ति सक्रिय भएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रचण्ड नेतृत्वको सरकारमाथि चौतर्फी आक्रमण भएको छ । यसको राम्रोसँग समिक्षा भएको छ । यसको पछाडिको कारण भनेकै माओवादीबाट खतरा महसुस गर्ने र प्रचण्डबाट खतरा महसुस गर्नेहरु, जो नेपालमा अस्थिरता र प्रतिगमन चाहन्छन् ती शक्तिहरुको तारो भनेको नै प्रचण्ड हो । प्रचण्डलाई असफल पार्नको लागि र वैचारिक, राजनीतिक र भौतिक हिसाबले नै सिध्याउनको लागि हामीविरोधी शक्तिहरु अहिले सक्रिय छन् ।’

नेता शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले कहिल्यैपनि आफूलाई सत्ताको लागि केन्द्रित नगरेको जिकिर गरे । सुशासनको पक्षमा प्रधानमन्त्री दाहालले दृढताका साथ कदम चालेको भन्दै अरु दलले पनि साथ दिनुपर्ने उनको सुझाव छ ।

शाहीले आजको दिनमा कांग्रेस र एमालेभित्र पनि समस्या र अन्तरविरोध कायम रहेको भन्दै ती पार्टी फुट्ने दाबी गरे । उनले आफू संलग्न रहेको माअ‍ोवादी पार्टी पनि फुट्ने टिप्पणी गरे । शाहीले रवि लामिछाने नेतृत्वको रास्वपापनि आज न भोलि फुटेरै छाड्ने दाबी गरे । नेपालका राजनीतिक दलहरु जोगाउनको लागि नै हम्मेहम्मे रहेको उनको जिकिर छ । पार्टी नै जोगाउन कठिन रहेको समयमा गठबन्धन जोगाउनु त फलामको चिउरा चपाएसरह भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot