काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा सांसद डा. आरजु राणाले सहकारीको अपचलन रोक्नको लागि सरकारी नियमनकारी विभाग कडाईका साथ जिम्मेवारीमा उत्रिनुपर्नेमा जोड दिएकी छिन् ।
आज (शनिबार) काठमाडौंको बालुवाटारमा रहेको ओपेरा होटलमा आयोजित ‘सहकारी समस्या तथा भावी रणनीति’ विषय गोष्ठीलाई सम्बोधन गर्दै नेतृ राणाले यस्तो बताएकी हुन् ।