Logo

भूर्तेल आज पनि शून्य रनमै आउट



काठमाडौँ, ८ वैशाख । हङकङ विरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ। कुशल भुर्तेल शून्य रन बनाएर आउट भएका हुन् ।

भुर्तेल लगातार दोस्रो खेलमा भुर्तेल डकमा आउट भए । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

भूर्तेलको विकेटपछि सोमपाल कामी ब्याटिङमा आएका छन्।

सेमिफाइनलमा युएईसँग पराजित भएसँगै सन् २०२५ मा हुने एसिया कप खेल्नबाट नेपाल बञ्चित भइसकेको छ।

नेपाल युएईसँग ६ विकेट तथा हङकङलाई ओमानसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थिए । फाइनल पुगेका ओमान र युएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot