Logo

कम्युनिष्टहरुको पक्षपोषण गर्ने रास्वपा लोकतन्त्रको विकल्प हुनै सक्दैन् : सांसद बजगाईं



काठमाडौं, ९ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद राजेन्द्र बजगाईंले रवि लामिछाने नेतृत्वको रास्वपा लोकतन्त्रको विकल्प हुनै नसक्ने ठोकुवा गरेका छन् । उनले रास्वपासँग लोकतन्त्र अथवा उदारवाद के हो भन्ने कुरा केही पनि नभएको टिप्पणी गर्दै यस्तो ठोकुवा गरेका हुन् । उनले रास्वपा अहिले साम्यवादी शक्तिको संयोजनको गठबन्धनमा आवद्ध रहेको उल्लेख गर्दै रास्वापासँग कुनै सिद्धान्त पनि नभएको दाबी गरेका हुन् ।

सामाजिक सञ्जाल फेशबुकमा आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा उनले यस्तो लेखेका हुन्-

नयाँ दल संग म को हुँ लोकतन्त्र हुँ वा उदारवाद? एक टुक्रा कागज छैन। उ अहिले साम्यवादी शक्तिको संयोजनको गठबन्धनमा छ। ओलीले बाम एकता होईन भन्दै एमाले माओवादी एकता सुनिश्चित गरिरहेका छन्।

नयाँ पार्टीले संघीयताको जग प्रदेशसभालाई लात हानिरहेको छ निर्वाचन विमुख छ। कुनैपनि वस्तुको परिचय रूप र गुणले खुल्छ। उसले म को हुँ भनेर कुनै सिद्धान्त प्रतिपादन गरेको छैन यसमानेमा राप्रपाको उदारवादले उसको अनुहार प्रष्टिन्छ।

देशको प्रतिशपर्धी दल कम्युनिष्टहरू हुन् तर नेपाली कांग्रेसमाथि रास्वपाले क्षति गरिरहेको छ। कम्युनिष्ट अतिक्रमित नेपालमा कम्युनिष्टहरू कै पक्षपोषण गर्ने रास्वपा लोकतन्त्रको विकल्प हुनै सक्दैन। गोरखाको Sampling गर्ने हो भने दलभन्दा माथि उठेर काम गर्नुको विकल्प छैन। file photo



प्रतिक्रिया दिनुहोस्