Logo

नेपालका अधिकांश जेलहरु निर्दोषले भरिए, दोषीहरु सत्तामा मोज गरिरहेका छन् : प्रभु साह



काठमाडौं, ९ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालका अधिकांश जेलहरु निर्दोषले भरिएको टिप्पणी गरेका छन् । उनले दोषीहरु भने सत्ताको स्वादमा रमाइरहेको पनि दाबी गरेका छन् ।

आज (आइतबार) भिडिओ सन्देश जारी गर्दै उनले निर्दोषहरु जेलमा बस्नुपर्ने र दोषीहरु सत्तामा रमाउने प्रवृत्ति र स्थितिको अन्त्य गर्नुपर्ने आवाज उठाएका हुन् । उनले भने,”जबसम्म अपराधीहरु कानूनको कठघरामा आउँदैनन् अनि निर्दोषहरु सम्मानित हुँदैनन्, तबसम्म नेपालको भविष्य उज्जवल छ भन्न मिल्दैन् । हामी नेपाली भएकोमा गौरव गर्न सकिन्नँ । त्यसर्थ देशको विद्यमान यो सिस्टममा बदलावको जरुरी छ ।”

साहले अहिलेको दलतन्त्रले देशलाई पछि पारेको भन्दै यसको विकल्प दिने भन्दै आन्दोलन तथा संघर्षका कार्यक्रम अघि सारेका छन् । उनले अहिलेको व्यवस्थाले देश र जनतालाई केही पनि सकारात्मक प्रभाव पार्न नसक्ने बरु दलतन्त्र लाद्ने ठूला दलका सिण्डिकेटधारी मुठ्ठीभरका नेता र तिनका आसेपासेले अहिलेको व्यवस्थालाई लुटेर खाने भाँडो बनाएको दाबी गरेका छन् ।

देशमा शासकहरु को हालीमुहाली कायम रहने र जनता ती शासकबाट सँधैं पिल्सिनुपर्ने दयनीय अवस्थाको आफ्नो दलले अन्त्य चाहेको पनि अध्यक्ष साहको भनाई छ । उनले आम जनतालाई अनुभूति हुनेगरि सरकारले काम गर्नुपर्ने आजको आवश्यकत्ता रहेको पनि औंल्याएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्