Logo

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?



काठमाडौं, वैशाख ९ । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ स्थिर रहँदै आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार बह्येकोमा आज प्रति तोला १ हजार ७ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot