Logo

गृहमन्त्री रवि लामिछानेको बचाउमा उत्रिएका सूर्य थापाको प्रश्न : नेपाली कांग्रेस अदालत हो ? (भिडिओसहित)



काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का प्रभाशाली नेता तथा सांसद सूर्य थापाले आफ्नो दल सहकारी पीडितहरु एक जनापनि ठगिनुहुँदैन भनेर वज्र बनेर उभिएको बताएका छन् । उनले भने,‘सहकारीको समस्याको विषयमा हामी छलफल गरिराखेका छौं । आज हामी एउटा निश्कर्षमा पुग्छौं । नेकपा एमाले सहकारी पीडितहरु एकजनापनि ठगिनुहुन्नँ, उनीहरु लगानी र वचत अपचलन हुन हुन्नँ भन्ने कुरामा बज्र बनेर उभिएको छ । जहासँम्म यहाँले व्यक्तिगत रुपमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषय भन्नुभयो, व्यक्तिगत रुपमा को कहाँ संलग्न र कारोबार गर्नुहुन्छ ? त्यसको हिसाबकिताब राख्दिनँ । तर, उहाँलाई संलग्न भनेर ठहर कसले गर्यो ? अदालतले गर्यो ? सिआईबीले ? अथवा नेपाली कांग्रेसले ? नेपाली कांग्रेसले ठहर गर्यो भने उसले कार्यान्वयन गर्छ होला ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले उक्त प्रकरणमा आफूहरु तथ्यको आधारमा सत्य पुग्ने बताए । सांसद थापाले गृहमन्त्री बन्नुअघि कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको र लामिछानेले उक्त अफर अस्विकार गरेपछि सहकारीको विषय उठाएको आरोप लगाए ।

उनले भने,‘नेपाली कांग्रसले त ठहर गर्यो नि, प्रधानमन्त्री दिनेपनि ठहर गर्यो, प्रधानमन्त्री हुन नमानेर गठबन्धनबाट उपप्रधान र गृहमन्त्री हुन हिँडेपछि सहकारीको विषय उठाएर उसले संलग्न भनेर ठहर गर्यो, नेपाली कांग्रेस अड्डा हो ? नेपाली कांग्रेस प्रहरी हो ? नेपाली कांग्रेस अदालत हो ? नेपाली कांग्रेस न्यायाधीश हो ? नेपाली कांग्रेस के हो ?’ file photo



प्रतिक्रिया दिनुहोस्