Logo

सत्ता समिकरणमा समस्या नभएको प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरण, सुनाए वाम एकताको सम्भावना



काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सत्ता समिकरणमा कुनै समस्या नरहेको दाबी गरेका छन् । उनले अहिलेको समिकरण संसद्को पूरा कार्यकालसम्म जाने पनि दाबी गरे । आज (आइतबार) धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

यसअघि सत्ता गठबन्धन भन्दै आएका प्रधानमन्त्री दाहालले अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीकै लाईनमा समिकरणको रुपमा चित्रण गरेका छन् । उनले अहिलेको एमाले र माओवादीको सहकार्यलाई भविष्यमा वाम गठबन्धन बनाउन सकिने सम्भावनापनि सुनाए ।

विमानस्थलमा प्रधानमन्त्री दाहाललाई रिसिभ गर्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगेकी थिईन् । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारी र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलपनि विमानस्थलमा स्वागतको लागि पुगेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्