Logo

एसीसी प्रिमियर कपको उपाधिका लागि यूएई र ओमान भिड्दै



काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि आज फाइन खेल हुँदैछ । उपाधिका लागि आयोजक राष्ट्र ओमान र यूएई भिड्दैछन् । यी दुईबीचको खेल दिउँसो सवा ४ बजे हुनेछ ।

सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेट र ओमानले हङकङलाई ५ विकेटले हराउँदै उपाधि भिड्न्त पक्का गरेका हुन् । उपाधि जित्ने टिमले अर्को वर्ष हुने एसिया कपमा स्थान पक्का गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot