Logo

रुघाखोकीले ग्रस्त भएपछि एमाले अध्यक्ष बालकोटमै आराम गर्दै, गोदावरीमा ईश्वरको अध्यक्षता



काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रुघाखोकीले ग्रस्त बनेका छन् । अहिलेको फाइरल ज्वरोको कारण उनी घरमै आराम गरेर बसेको उनको सचिवालयले जनाएको छ ।

ललितपुरको गोदावरीमा रहेको सनराई हलमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन भने ओलीले नै गरेका थिए । तर, उक्त बैठकको समापनको दिन भने ओली अनुपस्थित् भए ।

चिकित्सकहरुको सल्लाहअनुसार नै ओली घरमै आराम गरेर बसेका छन् । गोदावरीको बैठकको अध्यक्षता भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्