Logo

ओलीसँग माधव नेपालको धेरै नै चित्त दुःखाई, एमालेको भोलिको कार्यक्रममा नजाने निश्कर्षमा पुगे



काठमाडौं, ९ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गरेपछि ओलीले माधव नेपालको सार्वजनिक रुपमै आलोचना गरेका थिए ।

खासगरी माधव नेपालले सुदूरपश्चिम सरकारको नेतृत्व आफ्नो पार्टीका नेता दीर्घ सोडारीलाई दिलाउनको लागि सत्ता गठबन्धनलाई बाईपास गरेर कांग्रेसको कित्ता रोजेका थिए । त्यसपछि ओलीले माधव नेपाललाई दक्षिणपन्थी अवसरवादीको संज्ञा दिएका हुन् ।

हिजोमात्रै पनि माधव नेपालले ओलीलाई राप्रपाको भोट लिएर चुनाव जित्नेले ठूला गर्ने भन्दै जवाफ फर्काएका छन् । एमालेले नेकपा स्थापना दिवसका अवसरमा भोलि बैशाख १० गते हीरक महोत्सव मनाउदै छ । सो हीरक महोसत्वमा माधव नेपाललाई पनि निम्तो दिईएको छ । तर, माधव नेपाल भने पछिल्लो समय ओलीले आफूमाथि अपमानजनक ढंगले प्रहार गरेको भन्दै नजाने मुडमा छन् ।

एमालेले भोलिको हीरक महोसत्वमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि निम्तो दिएको छ । प्रधानमन्त्री प्रचण्ड भने जाने बुझिएको छ । यस्तै, एमालेले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि बोलाएको छ। एमालेले अतिथिको रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाएको छ ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवालाई भने वक्ताको रुपमा बोलाएको एमालेले माधव नेपाललाई भने वक्ता बनाएको छैन् । आफूलाई वक्तापनि नबनाएकोले माधव नेपालले भोलिको एमालेको कार्यक्रममा भाग नलिने एकीकृत समाजवादीनकट उच्च स्रोतको दाबी छ ।

एकीकृत समाजवादीबाट सम्मानित नेता झलनाथ खनाल जानसक्ने चर्चा छ । उनी बैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेद्वार जितबहादुर राईलाई जिताउन इलाममा खटिएका छन् । उनी आजै काठमाडौं आउने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot