Logo

स्वास्थ्यलाभपछि आजबाट काममा फर्किए रजतपट अंकल, अभिनेत्री केकी अधिकारी आइतबारको गेष्ट



काठमाडौं, ९ बैशाख । नेपाल मेडिसिटी अस्पतालमा शल्यक्रियापछि आराम गरेर बसेका वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदी आजबाट नियमित काममा फर्किएका छन् । सुवेदीले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन् । सो क्रममा उनले मेडिसिटी अस्पतालका वरिष्ठ जिआई सर्जन प्रा.डा. सुशिलबहादुर रावल र उनको टिमप्रति पनि आभार व्यक्त गरेका छन् ।

उनले आजको आफ्नो अतिथिमा अभिनेत्री केकी अधिकारी रहेको पनि जानकारी गराएका छन् । अभिनेत्री अधिकारीसँग भने उनले बैशाख १४ गतेबाट प्रदर्शनमा आउने बोक्सीको घर नामक चलचित्रको विषयमा कुराकानी गरेको सुवेदीले जनाएका छन् । उनले फेशबुकमा लेखेका छन्-



प्रतिक्रिया दिनुहोस्

Screenshot