Logo

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा



काठमाडौं, ९ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध फेरि अर्को पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत शुक्रबार विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका सुनिलविरुद्ध अख्तियारले आज (आइतबार) अर्को भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ । सुनिलले आम्दानीको तुलनामा अस्वभाविक सम्पत्ति आर्जन गरेको अख्तियारको निश्कर्ष छ ।

पेमेण्ट गेट–वे सम्बन्धी उपकरण खरिद प्रकरणमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्