Logo

श्रीलंकामा रेसिङ कार दर्शकदीर्घामा पुगेर दुर्घटना हुँदा सात जनाको मृत्यु



काठमाडौं, वैशाख १० । श्रीलंकामा मोटर रेसको क्रममा एउटा कार ट्र्याकबाट चिप्लिएर दर्शक दीर्घामा आएपछि सात जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनामा अन्य १८ जना घाइते भएका छन् ।

हिजो दियातवाला शहरमा फक्स हिल सुपरक्रस कार्यक्रमका क्रममा सो दुर्घटना भएको हो । मृत्यु हुनेमा ८ वर्षीया बालिका सहित चार जना रेस अधिकारी र दुई जना दर्शकहरु रहेको सेनाको भनाइ छ । मोटर दौड श्रीलंकाको सेनाले आयोजना गरेको हो ।

एक लाखभन्दा बढी दर्शकले उपस्थित सो कार्यक्रम दुर्घटनापछि स्थगित गरिएको थियो । घटनास्थलमा मानिसहरुको भागाभाग भएको थियो ।

घाइतेमध्ये दुई जनाको स्थानीय सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्