Logo

सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै



काठमाडौं, वैशाख १०। क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ ।

यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।

उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको छ । जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot