Logo

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?



काठमाडौं, वैशाख १० । आज सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ११ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ५ रुपियाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्