Logo

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै देउवाले उठाए एमालेमाथि प्रश्न (भिडिओसहित)



काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वमाथि प्रश्न उठाएका छन् ।

उनले भने,‘यहाँ अघि कांग्रेसलाई गाली गर्नुसम्म गरियो, मदन भण्डारीको बारेमा राम्रै बोलुँला भनेर आएको थिएँ, तर यहाँ कांग्रेसलाई गाली गरियो, मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लागेको छैन्, ड्राईभरको पनि हत्या भयो । एमालेबाट विद्या भण्डारी दुई पटक राष्ट्रपति बनिसक्नुभयो, एमालेबाट प्रधानमन्त्री धेरै हुनुभयो, खोई अहिलेसम्म मदन भण्डारीको हत्यारा पत्ता लागेको ? त्यसैले मलाई विरोध गरेर केही हुनेवाला छैन् ।’

नेकपा स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा ललितपुरको गोदावरीमा एमालेले आज (सोमबार) आयोजना गरेको हीरक महोत्सवलाई अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् । सुरुमा अलिखित टिप्पणी गरेका देउवाले पछि लिखित सम्बोधन गरेका छन् । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्