Logo

सम्बोधन गर्दा प्रचण्ड र ओलीले झलनाथ र बाबुरामको नाम लिएनन्, एकमुष्ट सम्बोधनमा समेटे



काठमाडौं, १० बैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्ने क्रममा झलनाथ खनाल र बाबुराम भट्टराईको नाम नै लिएनन् । ओलीभन्दा पहिले प्रधानमन्त्री दाहालले सम्बोधन गरेका थिए ।

उनले सम्बोधनको क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम लिए । बाबुराम र झलनाथको नाम लिन चाहेनन् । उनले एकमुष्ट रुपमा पूर्व प्रधानमन्त्रीहरु भनेर सम्बोधन गरेका थिए । प्रधानमन्त्री दाहालपछि सम्बोधन गरेका ओलीले पनि शेरबहादुर देउवाको नाम सम्बोधनको क्रममा लिए ।

उनले पनि प्रचण्डकै शैलीमा झलनाथ र बाबुरामको नाम लिएनन् । उनले पनि एकमुष्ट रुपमा पूर्व प्रधानमन्त्रीहरु भनेर सम्बोधन गरे । प्रचण्ड र ओलीले बाबुराम र झलनाथको नाम नलिनु संयोगकमात्रै हो की सुनियोजित हो भन्ने प्रश्न उठेको छ । एमालेले उक्त हीरक महोत्सवमा देउवालाई विशेष अतिथिको रुपमा सम्बोधनको लागि समय छुट्याएको थियो ।

तर, झलनाथ र बाबुरामलाई भने सम्बोधनको लागि समय नै दिएन् । उसो त एमालेले निमन्त्रणा दिँदा नै प्रधानमन्त्री दाहाल र देउवालाई मात्रै वक्ताको रुपमा बोलाएको थियो । माधव नेपाललाई पनि बोलाएको थियो । तर, नेपालले एमालेको आजको कार्यक्रम बहिष्कार गरे । file photo



प्रतिक्रिया दिनुहोस्