Logo

लगानी सम्मेलनको मुखमा रसियन चेम्बर अफ कमर्शका अध्यक्ष नेपालमा, परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटवार्ता



काठमाडौं, १० बैशाख । रसियाको चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका अध्यक्ष सेर्गेई क्याट्रिन नेतृत्वको प्रतिनिधिमण्डले उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेको छ । सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा भएको भेटमा व्यापार तथा व्यवसाय प्रवद्र्धनका साथै नेपालको पर्यटन क्षेत्रको विकास र लगानीको विषयमा छलफल भएको थियो ।

उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठले रसियाको उक्त प्रतिनिधिमण्डललाई नेपालमा रसियन लगानी बढाउनको लागि भूमिका खेल्न र प्रोत्साहन गर्न आग्रह गरेका छन् । सो अवरमा मन्त्री श्रेष्ठले नेपालमा यही बैशाख १३ गतेबाट हुने लगानी सम्मेलनमा रसियन लगानीकर्ताहरुलाई भाग लिनको लागि पनि आह्वान गरेका छन् ।

भेटमा नेपालका प्रतिष्ठित उद्योगपति तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभ पनि सहभागी थिए ।

उक्त भ्रमण टोलीमा रसियाको मस्को, सेन्ट पिट्सवर्ग र लिप्स्टेकका प्रतिनिष्ठित व्यापारीहरुसहित २० जना सदस्य सहभागी छन् । उक्त प्रतिनिधिमण्डलले आजै नेपाल सरकारका उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ । यही अप्रिल २५ तारिख भने रसियन प्रनिधिहरुको टोली भारत प्रस्थान् गर्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot