Logo

नेविसंघले शिक्षा सुधारको लागि ७५३ वटै स्थानीय तहलाई बुझायो ज्ञापनपत्र (विज्ञप्तीसहित)



काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शिक्षा सुधारको लागि देशका ७५३ वटै स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ। आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष दुजाङ शेर्पाले शैक्षिक सुधारका विभिन्न माग राखेर संगठनले सबै स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको स्पष्ट पारे ।

उनकाअनुसार संगठनको गत चैत्र २२ गते सम्पन्न केन्द्रीय कमिटी बैठकअनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीको साझा समस्या समाधान गर्न बैशाख ६ गते पालिकामा ज्ञापनपत्र बुझाईएको हो ।

अध्यक्ष शेर्पाले नेपालको संघीय संरचना अनुरूप ७५३ वटै पालिकाहरूमा १७ बुँदे सुझाव सहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत वैशाख ६ गते ६१३ पालिकामा ज्ञापनपत्र बुझाएको थियो ।

उनले आफूहरुले बुझाएको ज्ञापनपत्रमार्फत सार्वजनिक शिक्षाप्रति आम नागरिक तथा विद्यार्थीको भरोसा आर्जन गर्दै सरकारी र निजी विद्यालय शिक्षामा देखिएको खाडल पुर्ने यात्राको प्रारम्भ समेत हुने अपेक्षा लिइएको विश्वास दिलाए ।

तस्विर : दिनेश चौधरी/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot