Logo

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?



काठमाडौं, वैशाख ११ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १६४ रुपैयाँ ६७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot