Logo

बझाङ उपनिर्वाचन: एमाले उम्मेदवार भण्डारीलाई पितृशोक,एक दिनका लागि चुनावी प्रचार स्थगित



काठमाडौं,११ वैशाख । वैशाख १५ गते हुन लागेको बझाङ प्रदेश सभा (ख) को उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका दमन भण्डारीलाई पितृशोक परेको छ ।

बिरामी रहेका ८८ वर्षका चक्र भण्डारीको बझाङ छबिसपाथिभरा गाउँपालिका १ भण्डारी गाउँमा निधन भएको हो । उनको भोलि दाहसंस्कार गर्ने परिवार स्रोतले बताएको छ । एमाले बझाङका अनुसार चक्रबहादुर दुई हप्तादेखि बिमारी थिए ।

उम्मेदवार भण्डारीलाई पितृशोक परेपछि एक दिनका लागि चुनावी प्रचार स्थगित गरिएको एमाले बझाङले जानकारी दिएको छ ।

उम्मेदवार भण्डारीको चुनावी प्रचारलाई बुधबारदेखि पुनः अघि बढाइनेछ । बझाङबाट निर्वाचित प्रदेश सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि सो क्षेत्रमा उपचुनाव हुन लागेको हो । यही १५ वैशाखमा सो क्षेत्रमा उपचुनाव हुँदै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot