Logo

एकीकृत जाँच चौकी नेपाललाई हस्तान्तरण



नेपालगन्ज, वैशाख ११। भारत सरकारले नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण गरेको छ । उद्घाटन भएको झन्डै एक वर्षपछि भारतले नेपाललाई आइसिपी हस्तान्तरण गरेको हो ।

नेपाल र भारत सरकारबिच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आइसिपी निर्माण गरिएको थियो । भारत सरकारका तर्फबाट परामर्शदाता कम्पनी ‘राइट्स’ ले नेपाल सरकार सहरी विकास मन्त्रालय तथा नेपाल इन्टर मोडल यातायात विकास समितिलाई आइसिपी हस्तान्तरण गरेको हो । भारतले आफ्नो क्षेत्रतिर पनि आइसिपी बनाएको छ भने नेपालतर्फ बनेको आइसिपी हस्तान्तरण गरेको हो ।

२०८० जेठमा भारत भ्रमण गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भर्चुअल’ माध्यमबाट उक्त आइसिपीको उद्घाटन गरेका थिए। नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आइसिपी निर्माण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्