Logo

दुर्गा प्रसाईंको दाबी : मसँग एमाले र कांग्रेसका १९ जना नेताहरुको बेड–सिनका फोटाहरु छन् (भिडिओसहित)



काठमाडौं, ११ बैशाख । मेडिकल व्यवसायी तथा राष्ट्र एवम् राष्ट्रियता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूसँग एमाले र कांग्रेसका १९ जना नेताहरुको बेड सिनका तस्विरहरु रहेको खुलासा गरेका छन् । उनले भने,‘एमालेको त दोस्रो दर्जाको नेता, एमालेको दोस्रो दर्जाको एउटै नेताले चारवटीसमेत राखेको छ । उनीहरुको काम भनेको के रहेछ भने सर्वहारा वर्ग र भुईंमान्छेको भोट लिने, अनि माथि जाने तरुनीसँग मोज गर्ने, मस्ती गर्ने अनि मारवाडीहरुसँग पार्टनरसिप गर्ने, भएका उद्योगधन्धा र कलकारखाना सबै बन्द गराउने, मारवाडीसँग पैसाजतिमा पार्टनरसिप गर्ने अनि सबै पैसा मारवाडीले दुवई लगे । अनि अहिले आएर विकास गर्छु रे ? खोई, के विकास गरे त आज ?’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले देश रित्तिएको टिप्पणी गरे । काठमाडौंका गल्लीहरु ५० प्रतिशतले खाली भएको र देशमा युवा नै विदेश पलायन भएको प्रसाईंको टिप्पणी छ । उनले देशमा एमालेजस्तो नीगित भ्रष्टाचार गर्ने पार्टी अरु नभएको आरोप लगाए ।

उनले सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि गृहमन्त्री रवि लामिछानेले छानबिन समिति बनाउनको लागि सहयोग गर्नुपर्नेमा आफ्नो ढाकछोप गरेको आरोप लगाए । उनले रविको व्यक्तिगत चरित्रको बारेमा पनि कडा टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot