Logo

नेपालमै पहिलोपटक मेडिसिटी अस्पतालमा ‘वाटर-बर्थ डेलिभरी’ सेवा सुरू



काठमाडौं, ११ बैशाख । ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालले ‘वाटर बर्थ’ सर्भिस सुरुवात गरेको छ । अस्पतालकी प्रिन्सिपल कन्सल्टेन्ट तथा प्रसुती तथा स्त्रीरोग विभागकी प्रमुख डा. निरा सिंह श्रेष्ठले नेपालमा पहिलो पटक मेडिसिटी अस्प्तालमा वाटर बर्थ सेवा सुरु गरिएको जानकारी गराएकी छिन् ।

प्रसुती तथा स्त्रीरोगसम्बन्धी अस्पतालमा के के सेवा दिईन्छ ? भन्नेबारे भिडिओ सन्देश जारी गर्ने क्रममा उनले यस्तो जानकारी गराएकी हुन् । प्रसुती सेवामा भने अहिले मेडिसिटीमा पेनलेस डेलिभरी जुन अस्पतालको स्थापनाकालदेखि नै सुरु गरिएको उनको भनाई छ ।

अस्पतालमा पेनलेस डेलिभरीसँगै लाफिङ ग्याँस सुँघ्ने (एन्टोनक्स) विधिबाट पनि डेलिभरी गराउने गरिएको उनको भनाई छ । उनले नयाँ सेवाको रुपमा वाटर बर्थ सुरु गरिएको जनाईन् ।

‘तपाईंहरुले सुुन्नुभएको होला, वाटर बर्थ भनेको एउटा ठूलो वाटर वर्थ पूल हुन्छ, जसमा चाहीँ प्रेगनेन्ट मदर लेवर पेन सुरु भएपछि त्यो वार्म वाटरमा गएर आफूलाई ढाडसम्म डिप गर्ने हो, यसले गर्दा पेसेन्टहरुलाई रिल्याक्स हुने, पेन नहुने हुन्छ । यो सर्भिस हामीले अस्पतालमा सुरु गरेका छौं, त्यो पनि नेपालमै पहिलो पटक हो ।’-भिडिओ सन्देशमा डा. श्रेष्ठले भनेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्