Logo

इलाममा गृहमन्त्री रवि लामिछानेको भाषण : हाम्रो चुनाव चिन्ह ढ्याँग्रो राख्नुपर्ने रहेछ (भिडिओसहित)



काठमाडौं, ११ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले आफूहरु सरकारमा काम गर्नको लागि गएको दाबी गरे । तर, काम गर्न नसकेको दिन सरकारमा टाँसिएर वा झुण्डिएर नबस्ने उनको स्पष्टोक्ति छ । इलाममा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘म के भन्न चाहन्छु भने काम गर्न नसकेको दिन र काम गर्न नपाएको दिनमा सरकारमा टाँसिएर वा झुण्डिएर बस्ने हाम्रो स्वभाव होईन । काम गर्न पाईएन र काम गर्न सकिएन भने डेटमात्र लेख्न मिल्नेगरि हामी सबै मन्त्रीहरुले राजीनामा झोलामा बोकेर हिँडेका छौं । जुको टाँसिएझैं टाँसिने अनि प्रधानमन्त्रीले गलहत्याएर निकाल्नुपर्ने अवस्था रास्वपाको हुँदैन् । ढुक्क हुनुहोला ।’

अहिले इलामको उपनिर्वाचनको मुखमा आफुहरुमाथि अफवाह फैलाइएको भन्दै आक्रोश पोखेका छन् । उनले भने,‘अहिले हाम्रा उम्मेद्वार मिलन लिम्बुका बारेमा पनि त्यस्तै अफवाहहरु चलेका रहेछन् । चलाईएको रहेछ । भाडामा खटिएका मान्छेहरु किन परिचालन हुन्छन् ? मलाई थाहा छैन् ? एउटा नयाँ दल, नयाँ मान्छेहरु जब राजनीतिलाई संग्ल्याउने कोशिस गरिराखेका छन् । विभिन्न विषयविज्ञहरु आएका छन् । हामीले त घण्टीमात्रै बजाएजस्तो लाग्दथ्यो, तर उहाँहरुको मनमा त ढ्याँग्रो बजेछ । हाम्रो पार्टीको चुनाव चिन्ह त ढ्याँग्रो राख्नुपर्ने रहेछ ।’



प्रतिक्रिया दिनुहोस्