Logo

कुवेतमा अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी सुरु



कुवेत सिटी, ११ वैशाख । कुवेतको हवाली गभर्नरेटमा सोमबारदेखि अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी सुरु भएको छ ।

कुवेत चाइना कल्चरल सेन्टर र कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सले ७० वटा फोटोग्राफिक कार्यहरू प्रदर्शन गर्ने ‘संयुक्त भिजन साझा भविष्य’ ले सहआयोजना गर्दैछन् ।

कुवेत चाइना कल्चरल सेन्टरले बेल्ट एण्ड रोड साझेदार देशहरूसहित धेरै देशका युवा फोटोग्राफद्वारा ५० पुरस्कार–विजेता फोटोहरू उपलब्ध गराएको छ । कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सले १६ युवा कुवेती फोटोग्राफरद्वारा २० शीर्ष फोटोग्राफिक कार्य प्रस्तुत गरकोे छ । यसले देशका सहर, प्रकृति, समाज र अन्य दृष्टिकोण देखाएको छ ।

कुवेत चाइना कल्चरल सेन्टरका निर्देशक सिया जियानफेङले प्रदर्शनी चीन र कुवेतबीचको सांस्कृतिक आदानप्रदानको अर्को प्रमाण भएको र यसले दुई देशका जनताबीच आपसी समझदारी बढाउन मद्दत गर्ने बताए । कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सका अध्यक्ष सुआद अल–हमारले यी कामले चीन र कुवेतका युवा फोटोग्राफरहरूको जीवन शक्तिलाई प्रतिबिम्बित गर्दछ भने ।

फोटोग्राफी प्रदर्शनी जेठ २२ गतेसम्म चल्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot